बुटवल,२ पुस ।
कालिका मानवज्ञान माविको ६५ औ बार्षिकाेत्सव तथा स्थापना दिवसको अवसरमा आयोजित जिल्ला स्तरिय कालिका कपको पहिलो दिन छात्र छात्रा भलवल प्रतियोगीता सुरु भएको छ ।

पहिलो दिनको खेलमा छात्र भलिवल तर्फ ६ वटा खेल सम्पन भएका छन् । पहिलो खेल उजिरसिंह मावि र त्रिभुवन एकेडेमीका विचमा भएकोमा उजिरसिंह मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । ज्ञनोदय मावि र सैनामैना माविका विच भएको दोस्रो खेलमा सैनामैना मावि विजयी भएको छ ।

आजै भएको ईन्टलएक्चुअल एकेडमी र दिप बोर्डीङ्गविचकाे तेस्रो खेलमा दिप बोडीङ्ग विजयी भएको छ । त्यस्तै सेन्ट जोसेफ मावि र शान्ती नमुना माविका विचमाको चाैथाे खेलमा सेन्ट जोसेफ मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै क्यानन् मावि र कान्ती माविको विचमा भएको पाँचौ खेलमा कान्ती मावि विजयी भएको छ । यस्तै ईड्न बोडीङ्ग र नविन औद्योगीक माविका विचमा भएको अर्को खेलमा नविन मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको कालिका कप आयोजक समिति सदस्य शिक्षक हिरामान प्रधानले जानकारी दिए ।

यस्तै छात्रा तर्फको भलिवल प्रतियोगीतामा ४ वटा खेल सम्पन्न भएका छन् । जसमा पहिलाे खेल मणिमुकुन्द मावि र दिप बोर्डीङ्ग माविका विचमा भएकोमा दिप बोर्डीङ्ग मावि विजयी भएको छ । शान्ती नमुना मावि र देवदह बुद्ध पब्लिक माविका विचमा भएको दाेस्राे खेलमा देवदह बुद्ध पब्लिक मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै छात्रा तर्फको भलिवल प्रतियोगीताको तेस्रो खेल सैनामैना मावि र कान्ती माविका विचमा भएकोमा कान्ती मावि विजयी भएको छ भने अक्सफोर्ड मावि बुटवल र सिता माविका विचमा भएको अन्तीम खेलमा सिता मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

कालिका कप अन्तर्गत आयोजना गरिएको जिल्ला स्तरिय कवड्डी प्रतियोगीता छात्र तर्फ ४ र छात्रा तर्फ ४ खेल सम्पन्न भएका छन् ।
छात्र तर्फ पहिलो खेलमा नयाँ गाउँ मावि र कान्ती माविका विचमा भएकोमा कान्ती मावि विजयी भएको छ । मणिमुकुन्द मावि र क्याननका विचमा भएको अर्को खेलमा मणिमुकुन्द मावि विजयी भएको छ । यस्तै कालिका मानवज्ञान मावि र बुद्ध दिप स्कुलमा विचमा भएको अर्को खेलमा कालिक मानवज्ञान मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । पशुपती मावि र त्रिभुवन एकेडमीका विचमा भएको अर्को खेलमा त्रिभुवन एकडेमी विजयी भएको छ ।

उता होराईजन जिविएस र अक्सफोर्डका विचकाे छात्रा कबड्डी प्रतियोगीतामा अक्सफोर्ड विजयी भएको छ भने इन्टेलएक्चुअल मावि र ईड्न बोर्डीङ्गका विचको खेलमा ईड्न बोर्डीङ्ग विजयी भएको विद्यालयका खेलकुद संयोजक ओम बहादुर सारुले जानकारी दिए ।

यस्तै कान्ती मावि र दिप बाेर्डिङ विचकाे खेलमा कान्ती मावि विजयी भएको छ । होराईजन बोडीङ्ग र त्रिभुवन एकेडमीका विचमा भएको छात्रातर्फको चौथो कबड्डी प्रतियोगीतामा होराईजन विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको खेलकुद समितिका सदस्य शिक्षक हिरामान प्रधानले बताए ।

प्रतियोगीताको बुधबार एक कार्यक्रमकाबीच विद्यालयका पुर्व प्रधानाध्यापक तथा प्रमुख सल्लाहकार बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक र विद्यालयका प्रधानाध्यापक दिनेश थापाले रेफ्रीलाई खेलकुद सामग्री प्रदान गरी शुभारम्भ गरेको इभेन्ट संयोजक हरिस वलीले जानकारी दिए ।