काठमाडौं,२८ मंसिर ।
मनाङको थोचे केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ ।
आइतवार दिउँसो १२ बजेर ५४ मिनेट जादा मनाङको थोचे आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
मनाङसहित छिमेकी जिल्लामा समेत भूकम्पकाे धक्का महसुस भए पनि हालसम्म क्षतिकाे विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ








