काठमाडौँ,२७ मंसिरमा ।
यू-१९ एसिया कपको पहिलो खेलमा नेपाली युवा क्रिकेट टोलीले श्रीलंकाविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।
युएईको सेभेन्स् स्टेडियममा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि नेपाली युवा टोलीले ब्याटिङमा उत्रिएको हो । नेपाल रहेको समुह बी मा साविक विजेता बंगलादेश, अफगानिस्तान र श्रीलंका रहेका छन् ।
नेपालले प्रिमियर कप खेलेको टोलीमा ४ खेलाडी परवर्तन गरेको हो । एसिया कपका लागि नेपाल प्रिमियर कप (एनपीएल) खेलेका अभिषेक तिवारी, साहिल पटेल, पिविन शर्मा र युवराज खत्रीलाई एसिया कपका लागि छनोट गरेको हो ।
नेपाल एसीसी यू १९ प्रिमियर कपको उपविजेता बन्दै एसिया कपका लागि छनोट भएको थियो ।








