काठमाडौँ,१५ मंसिर ।
एसीसी पुरुष यू–१९ प्रिमियर कपको फाइनल खेल आज नेपाल र युइएईबीच हुदैछ । यो खेल नेपाली समय अनुसार बिहान १०: ४५ बजेदेखि शुरु हुने छ ।

यसअघि सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेर फाइनलमा पुगेको हो । युएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो । फाइनलमा पुगेसँगै नेपाल र युएई आगामी डिसेम्बरमा हुने यू-१९ एशिया कपमा छनौट भएका छन् ।

त्यस्तै मलेसिया र ओमानबीच तेस्रो स्थानको खेल पनि आज नै हुदैछ । यो खेल जित्ने देश पनि तेस्रो हुदै एशिया कपमा छनौट हुने छ ।

यू-१९ एशिया कपका लागि आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् । प्रिमियर कपबाट नेपाल र युएई छनौट भएका छन् ।