विराटनगर,७ मंसिर ।
नेकपा (एमाले) का पाेलिट्ब्युराे सदस्य तथा पुर्व मन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास भएको छ । युवा संघको कार्यक्रमका लागि आज सुनसरी जाँदै गरेका बस्नेतमाथि विराटनगर विमानस्थलनजिक आक्रमणको प्रयास भएको हो ।

बस्नेतलगायत नेताहरू चढेको गाडीमा दुई जेनजी युवाले रातो मसी छ्यापेका छन् । बस्नेतसहितको टोलीलाई विमानस्थलबाट बाहिर निस्कने क्रममा गेटनजिक दुई युवाले रातो मसी छ्यापेका हुन् ।

उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएकाहरूमा अप्रित कुवँर र सञ्जोग गौतम रहेका छन् ।