गोरखा,१८ कार्तिक ।
गोरखामा पक्राउ परेका डा. निकोलस भुसाललाई काठमाडौं पठाइएको छ ।

सामाजिक सञ्जालमा बिवादास्पद अभिव्यक्ति दिएपछि प्रहरीको खोजीका रहेका भुसाललाई मंगलवार दिउँसो गोरखाको सदरमुकाम गोरखा नगरपालिका-८ रानीवनस्थित सरस्वती आश्रमबाट प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय गोरखाले थप अनुसन्धानका लागि मंगलवार नै डा. भुसाललाई काठमाडौं पठाएको हो ।

भुसालले देश र शहिदको पक्षमा आवाज़ उठाऊँदा पक्राउ परेको बताउदै यो देशका सर्वसाधारणको स्थिति के होला भन्दै प्रश्न गरेका छन् ।

आफ्नो समुहले एक महीनादेखि बिद्रोह गर्दा सरकारले नसुनेको भन्दै उनलेे गुण्डू समूहकों आदेश मानेको आरोप लगाएका छन् ।