बुटवल,५ कार्तिक ।
रुपन्देहीकाे गैडहवामा दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा नदीमा डुबेर तीन जना युवाको मृत्यु भएको छ ।

मृत्युु हुनेमा रूपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर–१ का १३ वर्षीय अजय हरिजन,१५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजन रहेका छन् ।

बुधबार रूपन्देहीकै गैडहवा गाउँपालिका- ६ सूर्यपुरामा दुर्गाको मूर्ति सेलाउने क्रममा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

गैडहवा गाउँपालिका- ६ सूर्यपुरा स्थित दानव र कञ्चन नदीकाे शंगमस्थल सन्तेश्वर घाटमा बुधबार दिउँसो मूर्ति सेलाउनेक्रममा नदीमा डुबेर उनीहरु बेपत्ता भएका थिए ।

प्रहरीका अनुसार नदीमा डुबेर बेपत्ता भएका उनिहरूकाे खोजी गर्ने क्रममा घाटभन्दा करिब डेढ सय मिटर तल शव फेला परेको हो ।

घटना बारे थप अनुसन्धान भइरहेको रूपन्देही प्रहरीले जनाएको छ ।