काठमाडौँ,२८ असाेज ।
विपिनको निधन भएको इजरायलद्वारा नेपाललाई औपचारिक जानकारी गराएको छ ।
परराष्ट्र सचिव अमृत बहादुर राई र इजरायलका परराष्ट्र मन्त्रालयका समकक्षी इदेन बरतलबिच टेलिफोन संवाद मार्फत उक्त जानकारी गराएको हो ।
उनीहरूबिच मंगलबार साँझ टेलिफोन संवाद भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । संवादका क्रममा विपिन जोशीको हमासको आक्रमणबाट मृत्यु भएको नेपाललाई औपचारिक जानकारी गराएको छ ।
इजरायल पढ्न गएका नेपाली विद्यार्थी जाेशीकाे हत्या भएको थियो । जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।







