काठमाडौँ, २७ असोज ।
हमासको सैन्य शाखाले २० जना जीवित बन्धकहरूको नाम सार्वजनिक गरेको छ ।
जसलाई आज (सोमबार, २७ असोज) रिहा गर्ने तयारी गरिएको छ ।
सूचीमा ती २० जना बन्धक समावेश छन्, जसको नामावली पहिले नै वार्ताको एक भागका रूपमा इजरायललाई दिइएको थियो ।
द टाइम्स अफ इजरायलका अनुसार सार्वजनिक सूचीमा अपहरण गरिएका सिपाही तामिर निम्रोदी र नेपाली नागरिक विपिन जोशीको नाम भने छैन ।
इजरायल र हमासबीच भएको सम्झौताअनुसार आज सोमबार त्यहाँको समय दिउँसो १२ बजे अर्थात् यहाँको दिउँसो २:४५ बजेसम्म सबै बन्धक रिहा गरिनुपर्नेछ ।







