काठमाण्डौ,१६ असाेज ।
राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट टीका लगाएका छन् ।
बिहीबार बिहान ११ः५३ को शुभ साइतमा राष्ट्रपति पौडेलले टीका लगाएको राष्ट्रपतिकाे कार्यालय शीतल निवासले जनाएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट बिहीबार बिहान ११ः५३ बजेको शुभ साइतमा राष्ट्रपति पौडेलले टीका लगाएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् । आफुले टीका लगाएसँगै राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेल तथा परिवारका अन्य सदस्यलाई टीका लगाइदिएका थिए ।






