बुटवल,२४ भदौ ।
जेनजी प्रदर्शनकारीहरुले बुटवल उपमहानगरपालिकाको कार्यालयसहित बिभिन्न सरकारी कार्यालयहरुमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीहरुले बुटवलको बसपार्क स्थित इलाला प्रशासन कार्यालय,आन्तरिक राजश्व कार्यालयमा पनि तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।
त्यस्तै सुख्खानगरस्थित नेकपा (एमाले) लुम्बिनी प्रदेश पार्टी कार्यालय,नेपाली कांग्रेस बुटवल उपमहानगर समितिको कार्यालय,बिपी स्मृती पुस्तकालय,नेकपा माओवादी केन्द्र,राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयहरुमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन् ।
प्रदर्शनकारीहरूको समूहले बुटवलको तीनकुने स्थित ड्रिम इन्टरनेशनल होटलमा पनि आगजनी गरेका छन् ।