तनहुँ,२२ भदौ
टिपरले ठक्कर दिँदा तनहुँमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आइतबार दिउँसो बन्दिपुर गाउँपालिका- १ नाहालास्थित पृथ्वी राजमार्गमा डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००१ प ९२३३ नम्बरको मोटरसाइकलाई सो दिशातर्फ गुडिरहेको ग.२ ख १५६१ नम्बरको ट्रिपरले ठक्कर दिँदा करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक कास्कीको रुपा गाउँपालिका- ७ घर भएका धर्मराज सेन रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको हाे ।

टिपर चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।