बुटवल,१७ भदौ ।
राष्ट्रिय प्राथमिकताको आयोजना सालझन्डी–ढोरपाटन सडक पहिरोले अवरुद्ध भएको छ । ठूलो पानी परेका कारण ढोरपाटन नगरपालिका–७ धाराबोटमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुमेर फर्किने र जाने पर्यटक अलपत्र परेका हुन् ।
हिजो साँझ पहिरोले अवरुद्ध बनेको सडक अहिलेसम्म खुलाउन नसकिएको इलाका प्रहरी कार्यालयका प्रमुख आनन्द बस्नेतले जानकारी दिए । पहिरो धेरै ठूलो हुँदा सडक खुलाउन समय लाग्ने उनले बताए । यो बाहेक अरू वैकल्पिक सडक नहुँदा स्थानीयलाई समेत आवतजावतमा समस्या भएको बस्नेतले बताए ।
साँझ नै सडक खुलाउने प्रयास गरे पनि वर्षाका कारण नसकिएको उनको भनाइ छ । बिहानैदेखि सडक खुलाउन उपकरण प्रयोग गरेको उनले बताए ।






