बुटवल,१५ भदौ ।
बुटवल उपमहानगरपालिकाले आज एक दिन स्थानीय बिदा दिएको छ । थारू समुदायकाे महत्त्वपूर्ण चाड बड्का अट्वारी ( बड्का आइतबार ) काे अवसरमा आज एक दिनका लागि स्थानीय बिदा दिइएको उपमहानगरपालिकाले जनाएको छ ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले आज एक सुचना जारी गरी थारू समुदायको महत्त्वपूर्ण चाड बड्का अट्वारीकाे अवसरमा आज भदौ १५ गते आइतबार एक दिनका लागि नगर भित्र स्थानीय बिदा दिइएको जनाएका हुन् ।
आज नगरभित्रका वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थासमेत बन्द रहने सुचनामा जनाइको छ ।
यस दिन थारू समुदायले विशेष पूजा–अर्चना तथा विभिन्न धार्मिक कार्यक्रम हुने भएकाले सहज रूपमा चाडपर्व मनाउने वातावरण बनाउन आज एक दिनका लागि नगर भित्र स्थानीय बिदा दिइएको नगर प्रमुख पाण्डेयले जानकारी दिए ।
बिदासँगै आज बुटवल उपमहानगरपालिकाभित्र रहेका सम्पूर्ण कार्यालय, विद्यालय र स्वास्थ्य संस्था बन्द रहने भएका छन् ।
बड्का आइतबार पर्वको अवसरमा आज रूपन्देहीका अन्य १४ स्थानीय तहले पनि पालिकाहरूमा स्थानीय बिदा दिएका छन् ।
लुम्बिनी प्रदेशका थारू समुदायको बसाेवास रहेका पालिकाहरूले पनि आज स्थानीय बिदा दिएका छन् ।






