बुटवल,१२ भदौ ।
रूपन्देहीको तिलाेत्तमा नगरपालिकाले बड्की अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

तिलाेत्तमा नगरपालिकाले आज एक सुचना जारी गरी थारू समुदायको महत्त्वपूर्ण चाड बड्की अट्वारी पर्वको अवसरमा नगरपालिका भित्र सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो ।

यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘व्रत’ बस्ने र सूर्यको पूजा गरी मनाउने गर्दछन् ।

पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ ।