बुटवल,९ भदौ ।
नेपाली हिन्दु महिलाहरूकाे महान पर्व हरितालिका (तीज) काे अवसरमा लुम्बिनी प्रदेश सरकारले भदौ १० गते मंगलबार सार्वजनिक बिदा दिएको छ । हरितालिका (तीज) पर्वको अवसरमा मंगलबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव एवं प्रवक्ता कृष्णप्रसाद नेपालद्वारा जारी सुचनामा जनाइएको छ ।
प्रदेश राजपत्र भाग ३, खण्ड ८, संख्या १४, मिति २०८१/१२/२१ गतेको सूचनाबमोजिम हरितालिका (तीज) पर्वको अवसरमा मंगलबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।







