बुटवल,८ भदौ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशका ६ जिल्लामा आज सार्वजनिक बिदा दिएको छ ।
बड्का अट्वारी पर्वको अवसरमा थारू समुदायको बसोवास रहेका ६ जिल्ला दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको हो ।
थारू समुदायमा महत्वका साथ मनाइने बड्का अट्वारी पर्व यस बर्ष भदौ ८ गते आइतबार परेको छ ।
यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘व्रत’ बस्ने र सूर्यको पूजा गरी मनाउने गर्दछन् ।
पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ ।






