बुटवल,५ भदौ ।
नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नं ८ वडा कार्यसमितिद्वारा आयोजित तीज मिलन कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति तथा तिलाेत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले तीज पर्वकाे धेरै ठूलो महत्व रहेको भन्दै तीजलाई भड्किलो नभई सबैले मनाउन सक्ने किसिमले मनाउन जरुरी रहेको बताए । केही समय पहिलो तीज भड्किलो भएको भन्दै आलोचना हुने गरेकोमा पछिल्लो समय भने त्यसमा सुधार आएको बताए ।

वडा सभापति तथा बुटवल ८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा महिला नेत्री माया गाैतम, शान्ता अधिकारी, रामप्रसाद पाैडेल लगायतले आ आफ्नो भनाइ राखेका थिए ।