बुटवल,३ भदौ ।
राष्ट्रिय जनमुक्ति पार्टीको जनबर्गिय संगठन,राष्ट्रिय महिला माेर्चा,जिल्ला कार्यसमिति रूपन्देहीद्वारा आयोजित तीज मिलन तथा भेटघाट कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय महिला माेर्चा केन्द्रीय अध्यक्ष होमाया गुरूङले हिन्दु नेपाली महिलाहरूकाे महान चाड हरितालिका तीज पर्व मनाउँदा धार्मिक मुल्य मान्यता रितिरिवाज र संस्कृतिको संरक्षण सँगै महिला अधिकारका लागि आवाज उठाउने अवसरको रूपमा उपयोग गर्न जरुरी रहेको बताइन् ।

बिगतका दिनमा तीज पर्वमा महिलाहरूले माइतीमा मिठाे मसिनो खाने र गीत मार्फत आफ्ना दुख पिडा र बेदना पाेख्ने माध्यमकाे रूपमा मनाउने गरेको स्मरण गर्दै उनलेे पछिल्लो समय त्यसको स्वरूप बदलिएकोले महिला अधिकारकाे पक्षमा आवाज उठाउने अवसरको रूपमा पनि उपयोग गर्नुपर्नेमा जाेड दिइन् ।

राष्ट्रिय महिला माेर्चा रूपन्देही अध्यक्ष अध्यक्ष टीका आलेकाे
सभापतितब र माेर्चाकी केन्द्रीय अध्यक्ष गुरूङकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष भिम बहादुर राना,राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश अध्यक्ष झम बहादुर गुरूङ,महिला माेर्चा बरिस्ठ उपाध्यक्ष मधु राना,महिला माेर्चा प्रदेश अध्यक्ष धनिसरा दर्लामी,राष्ट्रिय महिला माेर्चा जिल्ला उपाध्यक्ष लालमाया सिरिसलगायतले आ आफ्नो भनाइ राखेको माेर्चाकी जिल्ला सचिव
आकृति थापा मगरले जानकारी दिइन् ।