बुटवल,३० साउन ।
ऐतिहासिक तथा धार्मिक महत्वकाे भगवती जात्राको अवसरमा आगामी भदौ १ गते आइतबार लुम्बिनी प्रदेश सरकारले पाल्पा जिल्लामा सार्वजनिक विदा दिएको छ ।
प्रदेश मन्त्रिपरिषद्को २०८१ साल चैत १४ गतेको निर्णय अनुसार सो दिन पाल्पामा भगवती जात्रा मनाइने भएकाले सार्वजनिक विदा दिने निर्णय गरिएको लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरि भगवती जात्राको अवसरमा पाल्पा जिल्लाभर सार्वजनिक बिदा दिइएको जनाएको हो ।
नेपाल र इस्ट इन्डिया कम्पनीबीच वि.सं. १८७१–७२ मा भएको युद्धमा नेपाली सेनाले प्राप्त गरेको ऐतिहासिक विजयको स्मरणमा प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन भव्य रूपमा भगवती जात्रा मनाउने गरिएको छ ।







