बुटवल,२९ साउन ।
समाजमा आध्यात्मिक जीवनशैली बारे जागरण अभियान सञ्चालन गर्दै आएको स्काेन नेपाल बुटवलले श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने तयारी गरेको छ ।
स्काेन बुटवलले आज बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरि श्रीकृष्ण जन्माष्टमी पर्वकाे अवसरमा आयोजना गरिने कार्यक्रम बारे जानकारी गराएको हो ।
यही साउन ३१ गते परेको श्रीकृष्ण जन्माष्टमीकाे दिन बिहान ४.३० बजेदेखि ५.१५ बजेसम्म मङ्गल आरती,बिहान ५.३० देखि ७.३० सम्म मन्त्र ध्यान ( जप ),७.३० बजेदेखि ८ बजेसम्म दर्शन आरती तथा गुरु पुजा,बिहान ८.३० देखि ११ बजेसम्म श्रीमद्भागवत कथा,मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म हरि किर्तन,दिउँसो २ बजेदेखि ४ बजेसम्म सांस्कृतिक कार्यक्रम,दिउँसो ४ बजेदेखि राति ८ बजेसम्म अभिषेक तथा कीर्तन,राति ८ बजेदेखि ८ बजेसम्म नाटक प्रस्तुति,राति ८.३० बजेदेखि १०.३० बजेसम्म श्रीकृष्णकथामृत प्रवचन,राति १०.३० बजेदेखि १२ बजेसम्म श्रीश्रीराधा-श्यामसुन्दर महाभिषेक र मध्यरात १२ बजेपछि प्रसाद वितरण कार्यक्रम तय भएको स्काेन बुटवलका अध्यक्ष करनधर दासले जानकारी दिए ।
भाैतिक संसारमा बसेर कसरी खुसी हुने भन्ने बिषयमा स्काेनले समाजमा जागरण अभियान सञ्चालन गर्दै आएको अध्यक्ष दासले बताए ।
यस बर्षकाे भगवान श्रीकृष्णकाे ५२५२ औं जन्मजयन्ती भएको






