जनैकाे आयात प्रतिस्थापन गर्दै बुटवलको राधा धागो उद्योग
प्रकाश खनाल
बुटवल,२३ साउन ।
नेपालकै पहिलो जनै उत्पादन गर्ने उद्योग बुटवल स्थित राधा धागो उद्योगले शास्त्रीय विधिपूर्वक जनैधारी ब्राह्मणबाट तयार गरिएका जनै मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

बुटवलको राममन्दिर लाइन स्थित राधा धागो उद्योगले शुक्रबार पत्रकार सम्मेलन गरि जनैधारी ब्राह्मणबाट शास्त्रीय विधिपूर्वक तयार गरिएका जनै मात्र प्रयोग गर्न आग्रह गरेको हो ।

उद्योगका सञ्चालक संस्कृत साहित्याचार्य बुद्धि प्रसाद शर्मा पाण्डेयले केही बर्षयता बजारमा विधि नपुगेको,सरा र शिखा पुरा नभएको,शिखा नभै गाँठोमात्र पारेेकाे गैर ब्राह्मणबाट तयार गरिएका स्वदेशी तथा विदेशी नक्कली जनै प्रयोग भएको पाइएको भन्दै शास्त्रीय विधिपूर्वक तयार गरिएका जनै मात्र प्रयोग गर्न आग्रह गरे ।
जसरी नक्कली औषधिबाट बिरामी निकाे हुँदैन त्यस्तैगरि नक्कली जनै लगाएर वा चढाएर फल प्राप्त नहुने भन्दै उनलेे जनैधारीहरूले धारण गर्ने यज्ञाेपवित (जनै ) र रक्षाबन्धन शास्त्राेत्त विधि अनुसार जनैधारीहरूबाटै निर्माण गरीगराई धारण गर्ने परम्परा रहेको स्मरण गराएका छन् ।
२०५८ सालमा नेपालमै पहिलोपटक आफुले जनै उद्योग स्थापना गरि २०६१ सालबाट ब्यवसायीक उत्पादन सुरु गरेकाे जानकारी गराउदै उनलेे पछिल्लाे समय यसको सिकाे गर्दै अरूले पनि जनै उत्पादन गर्न थाले पनि आफ्नो जस्तो शास्त्रीय विधिपुर्वक नबनाइएकाे पाइएको दाबी गरे ।
केही बर्षयता बजारमा विधि नपुगेको,सरा र शिखा पुरा नभएको,शिखा नभै गाँठोमात्र पारेेकाे गैर ब्राह्मणबाट तयार गरिएका स्वदेशी तथा विदेशी नक्कली जनै अज्ञानवश ब्यापारी,ब्राह्मण,पण्डित पुराेहितबाटै प्रयोग भै धर्म,संस्कार र संस्कृतिप्रति आक्रमण हुनलाग्दा सचेत वर्ग चिन्तित हुनु स्वभाविक रहेको भन्दै संस्कृत साहित्याचार्य पाण्डेयले त्यसमा आफ्नो पनि ध्यानाकर्षण भएको बताए ।
बिगतमा ९९ प्रतिशत भारतीय जनै प्रयोग हुदै आएकोमा अहिले त्यो प्रतिशत घटेर १५/२० प्रतिशतमा झरेको सञ्चालक पाण्डेले बताए ।
जनैका साथै उद्योगले रक्षाबन्धन,लाखबत्ती,अनन्त डाेराे,बत्ती कात्ने धागो,तथा धागोका बिविध सामग्रीकाे उत्पादन गर्दै आएको छ ।
उद्योगले जनैकाे आयात प्रतिस्थापन गर्नुका साथै चार सय बढीले प्रत्यक्ष राेजगारी पाएकाे उनलेे जानकारी दिए ।
आफ्नो उद्योगले जनैकाे आयात प्रतिस्थापन गर्न थालेपछि रूपन्देही उद्योग संघ,नेपाल सरकार लगायत विभिन्न ब्यवसायीक संघ संस्थाहरूले पनि पुरस्कृत गरेको उनलेे बताए ।
कुनै जात जाती वा समुदायले जनै लगाउनु हुदैन भन्ने शास्त्रमा कतै उल्लेख नभएको भन्दै उनलेे महिलाहरूले समेत बिवाह पुर्व जनै लगाउन हुने दाबी गरे ।
उद्योगका बजार ब्यवस्थापक समेत रहेका सञ्चालक पाण्डेका छाेरा झंकार पाण्डेले नेपालकै पहिलो जनै उद्योग भएकोले बजारको त्यति समस्या नभएको बताए ।
साथै उनलेे जनै तथा रक्षाबन्धन चिनबाट आयात हुन्छ भन्ने कुरा गलत भएको दाबी समेत गरे ।
नेपालमा जनै तथा रक्षाबन्धन,धागो भारतबाट मात्रै आयात हुनेगरेकाे भन्दै चिनबाट आयात हुन्छ भन्नू सरासर गलत भएको बताए ।






