बुटवल,१८ साउन ।
लगातारको बर्षासँगै सडकमाथिबाट पहिरो खस्दा सिद्दार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड पुर्ण रूपमा अवरुद्ध भएको छ ।
नेपाल प्रहरी,राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले केहीबेर अघि सामाजिक सञ्जालमा सुचना जारी गरी साेमबार दिउँसो करिब १३:३० बजेको समयमा जिल्ला पाल्पा तिनाउ गा पा ३ सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गको नाग को थान नजिक माथी बाट ढुङासहितको पहिरो झर्न जादा दुबै तर्फको सवारी साधन रोकिएको जानकारी गराएको हो ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।







