बुटवल,१७ साउन ।
बर्षासँगै आएको बाढीका कारण गुल्मीको रुद्रवेणी वामी सडक खण्ड अवरुद्ध भएको छ ।

गुल्मी जिल्लाकाे सत्यवती गा.पा.६ उल्लीखोला स्थित डहरेखोलाको पानीको बहाव बढी रुद्रवेणी वामी सडक खण्ड अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले सामाजिक सञ्जाल मार्फत सुचना जारी गरि आज दिउँसो करिब ४ : ३० बजे उल्लीखोला स्थित डहरेखोलाको पानीको बहाव बढी रुद्रवेणी वामी सडक खण्ड अवरुद्ध भएको जानकारी गराएको हो ।