सप्तरी,१० साउन ।
सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा अटो ( सिटी ) रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँका ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीया रामकुमारी खंग मण्डल रहेका छन् ।
दुवै जनाको शनिबार बिहान विद्युत्बाट चल्ने अटो रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदयकुमार राईले जानकारी दिए ।
उनका अनुसार आफ्नै घरमा अटो रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमानलाई करेन्ट लागेपछि उनलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो ।
करेन्ट लागेर उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।







