बुटवल,७ साउन ।
बुटवल उपमहानगरपालिका वडा नं ८ ले कार्यालय परिसरमा बृक्षाराेपण गरेको छ ।

वडा कार्यालयले बुधबार दिउँसो एक कार्यक्रमकाबीच बृक्षाराेपण गरेको हो ।

वातावरण संरक्षणकाे उदेश्यले कार्यालय परिसरमा औषधीय गुण भएका बृक्षाराेपण गरिएको वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले जानकारी दिए ।

कार्यालय परिसरमा खाली रहेको जग्गामा सितलचिनी र जामुनका बिरुवा राेपिएकाे वडा अध्यक्ष पंगेनीले बताए ।
कार्यक्रममा जेष्ठ नागरिक मञ्चका अध्यक्ष राधेश्याम राजभण्डारीले बृक्षाराेपणले वातावरण संरक्षणमा टेवा पुग्ने बिश्वास ब्यक्त गरे ।

वडा अध्यक्ष पंगेनीकाे सभापतित्व र जेष्ठ नागरिक मञ्चका अध्यक्ष राधेश्याम राजभण्डारीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।