बुटवल,७ साउन ।
नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पाैडलले पुर्व राष्ट्रपति विद्यादेवि भण्डारीकाे पार्टी सदस्यता नविकरण नहुने बताएका छन् ।

पार्टी सदस्यता कायम रहेकाकाे मात्रै सदस्यता नविकरण हुने भन्दै उपाध्यक्ष पाैडेलले राष्ट्रपति हुनुअघि पुर्व राष्ट्रपति भण्डारीले पार्टी सदस्यता त्यागेकाेले नविकरण गर्न नमिल्ने स्पष्ट पारे ।

४७ औं पुस्पलाल स्मृति दिवसकाे अवसरमा बुधबार बुटवलमा आयोजित बिचार गाेष्ठिलाई सम्बाेधन गर्दै उपाध्यक्ष पाैडेलले पुर्व राष्ट्रपति पुनः राजनीतिमा सक्रिय हुन उचित हुदैन भन्ने पार्टीको निष्कर्ष रहेको जानकारी समेत गराए ।

गणतान्त्रिक नेपालकाे राष्ट्र प्रमुख भएको ब्यक्ति पुनः राजनीतिमा सक्रिय हुनु उचित नहुने भन्दै उनलेे पुर्व राष्ट्रपतिकै हैसियतमा बस्नु उचित हुने सुझाव दिए ।

नेतृत्व उमेरले मात्रै नभएर बिचार,दृष्टिकोण र क्रियाशीलताकाे आधारमा हुने भन्दै उपाध्यक्ष पाैडेलले राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा पार्टीले ७० बर्षे उमेर हद हटाउने निर्णय गरेको बताए ।

नेपालकाे कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका लागि पाठशाला भएको बताउदै उनलेे मार्क्सवादबाट बाहेक समाज रूपान्तरण हुन सक्दैन भन्ने मान्यताका साथ पुष्पलालले कम्युनिस्ट पार्टी निर्माण गरेको उल्लेख गरे ।