पाल्पा,३ साउन ।
२३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको रामपुरबाट ५२ वर्षीय पुरूष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पुर्वि पाल्पाको रामपुरका ५२ खुम बहादुर क्षेत्री रहेका छन् ।
२३ बर्षिय महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








