काठमाडौ,१ साउन ।
नेकपा एमालेमा पदाधिकारी संख्या घटाउने प्रस्ताव गरिएको छ ।
आज बसेकाे नेकपा एमालेकाे जारी केन्द्रीय सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान अधिवेशनका लागि तयार भएको विधान मस्यौदा प्रस्तुत गर्दै पदाधिकारी संख्या घटाउने प्रस्ताव गरेका हुन् ।
जसमा ११ जना मात्रै पदाधिकारी बनाउने उल्लेख गरिएको छ। नयाँ प्रस्ताव अनुसार अध्यक्ष १, उपाध्यक्ष ३ (एक वरिष्ठ उपाध्यक्षसहित), महासचिव १, उपमहासचिव १ र सचिव ५ हुनेछन् ।
अहिले एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिव रहेका छन् ।
त्यस्तै केन्द्रीय कमिटीको संख्या १ सय ९९ बनाउने प्रस्ताव गरिएको छ ।






