बुटवल,३२ असार ।
भक्तपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख कुमार आचार्य सहित दुईजना २४ लाख ५० हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिइएको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई भक्तपुरकै चाँगुनारायणको करिब १४ रोपनी जग्गा मोही र तलसिंको नाममा कायम पार्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिएको सूचनाका आधारमा त्यहाँ पुगेको अख्तियारकाे टोलीले उनिहरूलाई रकमसहित नियन्त्रणमा लिएको हो ।

२४ लाख ५० हजार घुस रकमसहित नियन्त्रणमा लिइएका आचार्य र राउतबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

आर्चाय भैरहवास्थित भुमिसुधार तथा मालपोत कार्यालय प्रमुख रहदा गौतमबुद्ध अन्तरताष्ट्रिय बिमानस्थलको रनवेको जग्गा व्यक्तिको नाममा गराएकाे भन्दै बिवादमा तानिएका थिए ।