काठमाडौ,३१ असार ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ र डिजेल/मट्टितेलमा १ रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमकाे भनाइ छ ।
यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ थियो । परिवर्तित मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ ।
सार्वजनिक नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।







