दाङ,२९ असार ।
३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आराेपमा दाङको तुलसीपुरबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रूकुम पश्चिम चौरजहारी नगरपालिका-११ घर भई तुलसीपुर उपमहानगरपालिका-७ भुह्यारथान डेरा गरी बस्ने ३५ वर्षीय बिर बहादुर वली रहेका छन् ।
एक ३३ बर्षिय महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले शनिबार दिउँसो उनलाई पक्राउ गरेको हो ।
आराेपि वलीलाई पक्राउ गरि घटना बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






