बुटवल,२८ असार ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ कालिकानगर स्थित दर्लामीपथमा भएको मोटरसाइकल दुर्घटनामा एक युवाकाे मृत्यु भएको छ ।

लु.२४ प ९७२२ नम्बरको मोटरसाइकल शनिबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा चालक बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्ने २० वर्षीय मलदिप मगरको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जनाको बुटवल स्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।