बुटवल,२८ असार ।
अर्घाखाँचीको शितगंगाबाट एकनाले भरूवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाकाे सितगंगा नगरपालिका–१ नयाँगाउँ बस्ने ४६ वर्षीय हिम बहादुर सारू रहेका छन् । उनलाई एकनाले भरूवा १ थान, फलामको छर्रा १७ थान, केप १९ थान, सिसाको छर्रा २ थान र बारूद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले शुक्रबार उनको घर खानतलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको प्रहरीको भनाइ छ ।

घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।