काठमाडौं,२७ असार ।
पूर्वराजा ज्ञानेन्द्र शाहकाे सम्वाद सचिवको रूपमा काम गर्दै आएका फणिराज पाठकलाई अबदेखि ‘श्री ५ महाराजधिराज’ नलेख्ने कागज गराएर प्रहरीले छाडेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल बोहाराका अनुसार, कागज गरेपछि उनलाई शुक्रबार साँझ परिवारको जिम्मा लगाइएको हो । संविधानले नचिन्ने सम्बोधनसहित सामाजिक सञ्जालमा पोष्ट र विज्ञप्ति निकालेको भन्दै उनलाई प्रहरीले सोधपुछका लागि बिहान जिल्ला प्रहरी परिसर काठमाडौ बोलाएको थियो ।
दिनभर केरकार गरेर उनलाई राति परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।








