काठमाडौँ,२७ असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना बिरूद्व भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका लागि उच्च कम्प्युट पूर्वाधारको आपूर्ति, डेलिभरी, स्थापना र सञ्चालनको लागि भएको खरिद प्रक्रियामा अनियमितता गरेको अख्तियारकाे दाबी छ ।
केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निम बहादुर वली र वर्ल्ड डीष्ट्रीव्युसन नेपाल प्रा.लि. कान्तिपथ, काठमाडौंका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण श्रेष्ठले आपसी मिलोमतो तथा योजनामा गैरकानूनी लाभ पुर्याउने तथा नेपाल सरकारलाई १५ करोड ८८ लाख ५० हजार हानी पुर्याउने काम गरेको आरोप अख्तियारकाे आराेप छ ।
अख्तियारले सबैलाई जनही त्यति नै रकम बराबरीको बिगो माग गर्दै शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।



