काठमाडौ,२७ असार ।
नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकता गर्ने सहमति भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियानका अध्यक्ष गौतमबीच शुक्रबार बिहान पार्टी एकता गर्ने लिखित सहमति भएको हो ।

पार्टी एकता घोषणा आउने साउन २ गते राष्ट्रिय सभागृहमा गरिने सहमतिपत्रमा उल्लेख छ ।

सहमतिपत्रमा भनिएको छ, ‘नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमसहितका नेताहरूबीच छलफल हुँदा राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीती र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकतावद्ध हुने सहमति गरियो ।’

नेकपा एकीकृत समाजवादी एमालेबाट फुटेर बनेको पार्टी हो भने गौतम पनि एमालेकै पूर्वउपाध्यक्ष हुन् ।

हेर्नुहोस् सहमति: