बुटवल,२७ असार ।
बर्षासँगै खसेको हिरोका कारण अवरुद्ध भएको कालिगण्डकी करिडोर एकतर्फी रूपमा सञ्चालन भएको छ ।

गुल्मी जिल्लाकाे कालीगण्डकी गा.पा. ६ बरला स्थित कालिगण्डकी करिडोरमा माथिबाट पहिरो आइ पुर्ण रुपमा अवरुद्ध भएकोमा पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा सवारी ब्यवस्थापन कार्यालय बुटवलले सामाजिक सञ्जाल मार्फत उक्त जानकारी गराएको हो ।