काठमाडौँ,२७ असार ।
आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा केही स्थानमा र बाँकी क्षेत्रमा थोरै स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि देखिएको छ ।
त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
सम्भावित वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहन सक्ने भएकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको महाशाखाले चेतावनी दिएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहनुका साथै मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थान आसपास र पश्चिमी नेपालमा सामान्य स्थानभन्दा अलिकति उत्तरतर्फ रहेको महाशाखाले जनाएको छ ।
जसका कारण देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।








