काठमाडौ,२४ असार ।
रुपन्देही निर्वाचन क्षेत्र नं–३ मा हुने उपनिर्वाचनमा संघीय लोकतान्त्रिक मोर्चाले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा बसेको मोर्चाको बैठकले रुपन्देही–३ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो । रुपन्देही–३ मा मोर्चाको तर्फबाट साझा उम्मेदवारका रूपमा नाउपाका उम्मेदवारलाई सघाउने निर्णय गरेको माेर्चाका एक नेताले जानकारी दिए ।