काठमाडौ,२३ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राप्रपाले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै दुवै दलले संसद् अवरोध गर्दै आइरहेका छन् ।
रास्वपा सांसदहरू रोस्ट्रम घेराउ गरेर बैठक अवरोध गरेका थिए । त्यस लगत्तै रास्वपा र राप्रपा दुवै दलका सांसदहरू बैठक छाडेर बाहिरिएका थिए ।
भिजिट भिसा प्रकरणमा सरकारले बनाएको छानबिन समितिलाई रास्वपाले स्वीकार गरेको छैन ।
आजकाे बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।






