पाल्पा,२२ असार ।
२३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पाको तानसेन बाट ६२ बर्षीय पुरूष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तानसेन नगरपालिका–१०, तेल्घा क्षेत्रीटोलका ६२ वर्षीय ताराबहादुर कार्की रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लका अनुसार गत २०८० पुस २२ गते पीडितकी आमाले कार्की बिरूद्व जिल्ला प्रहरी कार्यालय पाल्पामा जाहेरी दरखास्त दिएकी थिइन् ।

कार्कीले गत पुस २० गते २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आराेप छ ।

जाहेरी पछि खोजतलास गर्ने क्रममा असार २२ गते तानसेन नगरपालिका–४, लहरेपिपल क्षेत्रबाट कार्कीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मल्लले बताए ।

कार्कीलाई पाल्पा जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।