काठमाडौं,२२ असार ।
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ परेका छन् ।

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका–२ शितापुर बस्ने २१ वर्षीय रोमन थापामगर पक्राउ परेका छन् । उनलाई शनिवार बेलुकी प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै सल्यानको शारदा नगरपालिका–२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७५ मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–२ खलंगा बस्ने २८ वर्षीय बिक्रम भडेल र २८ वर्षीय सुरज विश्चकर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको भे. ८ प ६८४६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

त्यसैगरी सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–५ रातोपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय मिलिग्राम सहित सोही नगरपालिका–५ बस्ने कालिकोट पलाँता गाउँपालिका–२ घर भएका ३९ वर्षीय पदम बहादुर बमलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुर कृष्णपुर नगरपालिका–९ राजघाट बस्ने ३० वर्षीय अनिल रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १७ मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसैगरी कैलालीको लम्कीचुहा नगरपालिका–९ खमरिया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही नगरपालिका–९ बङगालिपुर बस्ने २७ वर्षीय लाल भुललाई शनिवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यसैगरी कैलालीकै लम्कीचुहा नगरपालिका–८ गप्काबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय दिल बहादुर बिष्टलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की र अस्थायी प्रहरी पोष्ट चुहाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवनकाे भरतपुर महानगरपालिका-१८ गाजिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ सय ६० मिलिग्राम र नगद २ हजार ८ सय रूपैयाँ सहित २ जनालाई शनिवार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय रबिन तामाङ र सोही महानगरपालिका–२६ बस्ने २६ वर्षीय निरज तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले रबिनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै लमजुङको सुन्दरबजार नगरपालिका–९ पैरेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट र नगद २० हजार १ सय १५ रूपैयाँ सहित सोही ठाउँ बस्ने ३० वर्षीय रोशन गुरूङ समेत ३ जनालाई शनिवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

त्यस्तै मोरङको विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २० ग्राम ३ सय ७० मिलिग्राम सहित काठमाडौं महानगरपालिका(३ बस्ने २१ वर्षीय अनमोल भण्डारी समेत २ जनालाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।