दाङ,२२ असार ।
दाङको लमहीबाट दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिकाका केशवराज सेन ठकुरी, विक्रम बुढामगर र बर्दियाका बनिल थारु रहेका छन् ।

गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय लमहीको टोलीले आइतबार बिहान विक्रम बुढामगरको घरमा छापा मार्दा प्लास्टिकको झोलाभित्र लुकाइएको ९ फिट २ इञ्च लामो बाघको छाला बरामद गरेको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।