काठमाडौं,२० असार ।
शुक्रबार दिउँसो देशभरकाे माैसम साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । त्यस्तै आज दिउसो देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रबार राति पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाको प्रक्षेपण छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश प्रदेशका एक-दुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ ।
देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पछिल्लो १२ घन्टामा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र भारी वर्षा भएकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ताप्लेजुङको दोभानमा गएको १२ घन्टामा ८६.२ मिलिमिटर वर्षा भएको छ । कास्कीको ज्यामिरेबेसीमा ६०.२ मिलिमिटर, मुगुको ताल्चामा ५४.९ मिलिमिटर वर्षा भएको छ ।








