काठमाडौं,१८ असार ।
आज देशभरकाे माैसम साधारणतया बदली भई लुम्बिनी,गण्डकी,कर्णाली,सुदूरपश्चिम, कोशी र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाकाे सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार लुम्बिनी,गण्डकी,कर्णाली,सुदूरपश्चिम, कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको पनि सम्भावना छ ।
२४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटर मापन हुनुलाई भारी वर्षा भएको मानिन्छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण देशका अधिकांश भू-भागमा आज वर्षाको सम्भावना रहेको छ








