बुटवल,१७ असार ।
लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिकाे सैद्धान्तिक छलफल सकिएको छ ।
मंगलबार दिउँसो बसेकाे प्रदेश सभाको छैठौं अधिवेशन अन्तर्गत चौधौँ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान’माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
बजेटमाथिको सैद्धान्तिक छलफलममा प्रदेश सभा सदस्य विष्णु पन्थी, कनैया बनियाँ, चन्द्रकेश गुप्ता, सुधाकर पाण्डेले भाग लिएका थिए ।
बैठकमा आर्थिक मामिलामन्त्री कार्कीले आर्थिक वर्ष २०८२/०८३ सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका थिए ।






