बुटवल,१६ असार ।
प्रतिनिधिसभा सदस्यको रिक्त पद पूर्तिका लागि कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।

उपनिर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेर आयोगले मिति तय गरेको निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

२०७९ मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा साे क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहरा निर्वाचित भएका थिए । उनको गत चैत १९ गते काठमाडौँस्थित ओम अस्पतालमा उपचारका क्रममा उनको निधन भएपछि यो पद रिक्त भएको हो ।

संविधान र निर्वाचन कानुनअनुसार रिक्त प्रतिनिधि सभा सदस्य पद पूर्तिका लागि उपनिर्वाचनकाे मिति तय गरिएको आयोगले जनाएको छ । जस अनुसार निर्वाचन आयोगले अब छिट्टै मतदाता नामावली, उम्मेदवारी दर्ता, आचारसंहिता लगायतका कार्यतालिका सार्वजनिक गर्ने जनाएको छ ।