काठमाडौँ,१४ असार ।
पुर्व राष्ट्रपति विद्या देवी भण्डारी पुन: नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेकी छन् ।
स्व मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनद्वारा शनिवार राजधानी काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले आफु पुन एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गर्दै सदस्य नवीकरण गरेको बताएकी हुन् ।
राष्ट्रपतिको भूमिकाबाट बाहिर आएपछि व्यापक छलफल गरेर पुन: राजनीतिमा सक्रिय हुने निष्कर्षमा पुगेको भण्डारीकाेे भनाइ छ । उनले भनिन्-‘फरक ढंगबाट राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्धेश्यका साथ मैले पार्टीको सदस्यता नवीकरण गरेको छु । अब म नेकपा एमालेको एक सदस्यको रुपमा पुन: जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट आकांक्षा छैन । देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो ।’
काठमाडौँका जनताले चुनाव जिताएर आफुलाई जनताको छोरीको रुपमा स्थापित गरिदिएको भन्दै भण्डारीले आफु विद्यार्थीकालदेखि नै एमालेको राजनीतिमा लागेको बताएकी थिइन् ।
राजनीतिप्रति जनतामा बितृष्णा पैदा भैरहेका बेला दुई / दुई पटक मुलुककाे सर्वोच्च पदमा आशिन भएकी भण्डारी पुनः एमालेकाे राजनीतिमा सक्रिय हुने घाेषणा गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
संघीय लाेकतान्त्रिक गणतन्त्र बिरूद्व राजावादीहरूद्वारा सडक र सदन तताइरहदा संघीय लाेकतान्त्रिक गणतन्त्र नेपालकाे सर्वोच्च पदमा पुगेर पनि पुनः राजनीतिमा सक्रिय हुने भण्डारीकाे निर्णयले नेपालकाे राजनीतिक बृत्तमा नयाँ तरङ्ग त ल्याएको छ नै बर्तमान ब्यवस्था बिराेधिहरूलाई थप मसला मिल्ने राजनीतिक विश्लेषककाे विश्लेषण छ ।






