काठमाडौँ,१४ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधि सभाको बैठक अबरोध जारी राखेको छ ।
प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ रास्वपाका सांसद गणेश पराजुलीले आफुहरुको माग भिजिट भिसाको मात्र नभएर कैयौं बर्षदेखि चल्दै आएको मानव तस्करीविरुद्ध छानबिन गर्नुपर्ने भएको बताउदै आफ्ना माग पुरा नभएसम्म संसद अवरोध जारी रहने चेतावनी दिए ।
सभामुखले बैठक अगाडी बढाएपछि रास्वपाका सांसदहरुले नाराबाजी शुरु गरेका थिए । राप्रपाका सांसदहरुले भने आज पनि संसदको बैठक बहिष्कार गरेको छ ।






